देश/प्रदेश
सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद
०

भद्रपुर (झापा), साउन २६-
सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो । सोही अवधिमा रु एक करोड ४२ लाख ११ हजार ८८ मूल्य बराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो ।
प्रहरीले आठ वटा सवारीसाधनसहित एक हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो । अवैध उत्खनन नियन्त्रणतर्फ ८० वटा सवारीसाधन नियन्त्रणमा लिई रु २५ लाख ५० हजार जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल दुई नं। गण, झापाले जानकारी दिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























