देश/प्रदेश
अनशनमा बसेका यादवलाई ध्यान दिन आग्रह
०
काठमाडौँ, साउन २६ –
अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशन बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उहाँको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो । सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै यादव १२ दिनदेखि अनशनमा रहनुभएको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेले जारी गरेको विज्ञप्तिमा अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गरी निजको जीवनरक्षा गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ भनिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























