देश/प्रदेश

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

Banner

काठमाडौँ, साउन २६ –

नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा राजभण्डारी अमात्यको निधनप्रति महासङ्घले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

राजभण्डारीको उपचारका क्रममा सोमबार संयुक्त राज्य अमेरिकामा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले आज जारीगर्नुभएको प्रेस विज्ञप्तिमा निधनमा दुःख र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।

लामो समयसम्म पत्रकारितामा योगदान दिनुभएकी राजभण्डारीले सामाजिक र सांस्कृतिक विषयमा कलम चलाउँदै आउनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>