Breaking News

गएका चार दिनमा १७ हजार ८ सयले बढेको सुनको मूल्य आजपनि ६ हजार ४ सयले बढ्यो

Banner

काठमाडौँ, साउन २६-

नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामै ६ हजार ४ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला ३ लाख ७ हजार ९ सयमा बारोबार भएको महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सयमा झरेको थियो। त्यसअघि गएका चार दिनमा सुनको भाउ तोलामा १७ हजार ८ सय रुपैयाँ बढेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि उच्च दरमा बढेको छ। तोलामा ११० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>