देश/प्रदेश
असहायको सहारा व्यास नगर समता
०

दमौली (तनहुँ), साउन २५-
व्यास नगर समता विद्यालयले ५६ जना असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको छ ।
असहाय तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिएको हो । आवास र संरक्षणको व्यवस्था सहितको शिक्षा उपलब्ध गराउन तनहुँको व्यास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिका अति विपन्न, असहाय, वर्गका छन् । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले विद्यालयलाई नमूना विद्यालय बनाउने सोच रहेको जानकारी दिनुभयो । विद्यालय विसं २०८० देखि सञ्चालनमा आएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























