Breaking News

४ हजार ८ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नाघ्यो ३ लाख

Banner

काठमाडौं, साउन २४-

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यपनि ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५८ हजार ६ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९८३ रुपैयाँ कायम भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>