चितवन विशेष

चितवनमा बालरोग विशेषज्ञ डा सिताराम न्यौपानेद्वारा ‘स्नेह बाल क्लिनिक’ सञ्चालन

Banner

भरतपुर, साउन १८-

चितवनको भरतपुर महानगरपालिका–१० हाकिमचोकमा बालरोग सम्बन्धी एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘स्नेह बाल क्लिनिक’ सञ्चालनमा आएको छ। बालरोग विशेषज्ञ तथा गोल्ड मेडलिस्ट डा सिताराम न्यौपानेले सोमबारदेखि उक्त क्लिनिक औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्।

बालबालिकाको समग्र वृद्धि विकास, पोषण, परामर्श तथा विभिन्न स्वास्थ्य समस्याको निदान र उपचारका लागि क्लिनिक स्थापना गरिएको सञ्चालक डा न्यौपानेले जानकारी दिए। ‘हाम्रो मुख्य उद्देश्य केवल औषधि लेखेर पठाउनु वा भर्ना गर्नु मात्र होइन’, डा न्यौपानेले भने, ‘बालबालिकाको शारीरिक तथा मानसिक विकास, पोषण सम्बन्धी परामर्श, र बिरामी पर्दा त्यसको पछाडिको कारणबारे अभिभावकलाई स्पष्ट बुझाएर गुणस्तरीय परामर्श सेवा दिनु हो।’

अभिभावकहरूले लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न र एउटै थलोबाट बिहानदेखि बेलुकीसम्म विशेषज्ञ सेवा उपलब्ध गराउन क्लिनिक सञ्चालन गरिएको उनले बताए। यसअघि अन्य अस्पताल वा सीमित समय चल्ने क्लिनिकहरूमा बिरामी हेर्दा समयको अभाव हुने र धेरै बिरामीको चापका कारण पर्याप्त समय दिएर परामर्श दिन नसकिने अवस्था रहेकाले आफ्नै क्लिनिकमार्फत पूर्ण समय सेवा दिन सुरु गरिएको डा न्यौपानेको भनाइ छ।

भरतपुर अस्पतालमा लामाे समय काम गरेका न्याैपानेले जागिरबाट राजीनामा दिएर क्लिनिक सञ्चालन गरेका हुन् ।

नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएस र एमडी अध्ययन गरेका डा न्यौपानेले राज्यको लगानीबाट प्राप्त ज्ञान र दक्षता देशमै प्रयोग गर्नुपर्छ भन्ने सोचका साथ चितवनमै बसेर सेवा दिइरहेको बताए। क्लिनिकमा भर्ना तथा जटिल प्रयोगशाला परीक्षणका लागि अन्य उच्चस्तरीय र आधुनिक प्रयोगशाला तथा स्वास्थ्य संस्थाहरूसँग समन्वय गरिएको छ।

भविष्यमा यस क्लिनिकलाई अझ व्यवस्थित र स्तरोन्नति गर्दै सुविधासम्पन्न बाल अस्पतालको रूपमा विकास गर्ने सोच रहेको समेत डा न्यौपानेले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area