देश/प्रदेश

प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

Banner

महेन्द्रनगर, साउन १६-

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्कायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले सुदूरपश्चिम विश्वविद्यालयमा बिएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिएर यहाँको बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले छतबाट हाम फाल्दा मृत्यु भएको हो ।

विश्वविद्यालयको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका विद्यार्थी कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीको भनाइ छ ।

“उहाँलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो”, गिरीले भन्नुभयो, “महाकालीले थप उपचारका लागि धनगढी रेफर गरेको र उपचारका क्रममा मृत्यु भएको हो ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area