देश/प्रदेश

‘सुनसरीको घटनाप्रति सरकार संवेदनशील हुनुपर्छ’

Banner

काठमाडौँ, साउन १५-

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सुनसरीको घटनाप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा सांसदहरूले सरकार र गृहप्रशासन घटनाप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद वासुदेव घिमिरेले सुनसरी घटनाबाट सुरु भएको असहज परिस्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोइलाबास नाका व्यवस्थित गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले देश निराशा र आक्रोसको चपेटामा परेको बताउँदै यो सरकारले सहकार्यमार्फत सुव्यवस्थित बाटो अपनाउनुपर्नेमा जोड दिनुभयो । सांसद सोमनाथ पोर्तेलले सुनसरीको घटना समाधान गर्न वडास्तरसम्म शान्ति समिति गठन गरिनुपर्ने र घटनाको छानबिन गर्न समिति बनाउनुपर्ने सुझाव दिनुभयो ।

सांसद चन्द्रबहादुर केसीले कर्मचारीतन्त्रलाई चित्त नबुझाइकन सरकार सही मार्गमा चल्न कठिन हुने बताउँदै सरकारलाई कर्मचारीतन्त्रसँग सहकार्य गर्न सुझाव दिनुभयो । सांसद गोमादेवी तिमिल्सिनाले प्रदेश सरकारलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सुझाव दिनुभयो । सांसद रञ्जित कर्ण र सांसद मोहम्मद खालिदले सुनसरी एवं सिरहामा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>