देश/प्रदेश

शान्त, संयमित र जिम्मेवार रहन आग्रह

Banner

काठमाडौँ, साउन १५ –

शान्त, संयमित र जिम्मेवार रहँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्न सर्वसाधारणलाई अपिल गरिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले आज प्रेस विज्ञप्ति जारी गर्दै सुनसरी जिल्लाको देवानगञ्जबाट सुरु भएको विवादले दुःखद् घटनाको रूप धारण गरेकामा चिन्ता व्यक्त गरेको छ ।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा सबै नेपालीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्नुपर्ने उल्लेख गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>