देश/प्रदेश

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

Banner

भद्रपुर (झापा), साउन १४ –

यहाँकोे हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका नागरिकको आर्थिक सशक्तीकरण गर्दै स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सहायता सामग्री वितरण गरेको छ ।

यहाँ आयोजित एक कार्यक्रमका बीचमा गाउँपालिकाले अपाङ्गता भएका तथा विपन्न समुदायका लाभग्राहीलाई तीन थान ठेला र आठ थान सिलाइ मेसिन वितरण गरेको हो । त्यसैगरी, दलित समुदायका लागि परम्परागत आरन व्यवसाय सञ्चालन तथा प्रवर्द्धन गर्न आवश्यक सामग्री सात थान हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय जाने विद्यार्थीको आवतजावत सहज बनाउन १७ थान साइकलसमेत वितरण गरिएको छ ।

साइकल र सिलाइ मेसिन कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, हल्दीबारी गाउँपालिका र करुणा फाउन्डेसनको संयुक्त लागत साझेदारीमा वितरण गरिएको अध्यक्ष लिङ्देनले बताउनुभयो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोपाल गजमेर, गाउँपालिकाका अध्यक्ष लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनालीलगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष लिङ्देनले लक्षित वर्गको आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर स्थानीय सरकारले आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाउँदै सहायता सामग्रीलाई राहतभन्दा पनि आर्थिक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिइएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>