देश/प्रदेश

कागेश्वरी मनोहराको लभ डाँडाको बालुवा बगेर बस्तीमा, स्थानीयलाई सास्ती

Banner

काठमाडौं, साउन १४-

वर्षायाममा कागेश्वरी मनोहरा नगरपालिका–८, किराँत टोलस्थित लभ डाँडाबाट बग्ने बालुवा र हिलोका कारण स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।

पानी पर्दा डाँडाको बालुवा सडक हुँदै घरभित्र पस्ने समस्या वर्षेनि दोहोरिने गरेको छ ।

स्थानीयकाअनुसार पशुपति क्षेत्र विकास कोषअन्तर्गत पर्ने लभ डाँडाबाट बग्ने बालुवा ढलमा समेत जम्ने भएकाले वर्षाको पानी सहज रूपमा निकास हुन नसक्ने अवस्था छ । यसले सडक तथा बस्तीमा डुबानको जोखिमसमेत बढाएको उनीहरूको भनाइ छ ।

वर्षाको समयमा कालोपत्रे सडकमा डाँडाबाट बगेर आएको हिलो र बालुवाका कारण मोटरसाइकल तथा स्कुटर चिप्लिने घटनासमेत हुने गरेको स्थानीय कर्मा शेर्पाले सुनाए । उनले दुर्घटनाको जोखिम बढेको भन्दै सम्बन्धित निकायले तत्काल समाधान गर्नुपर्ने माग गरे ।

स्थानीयले पटक–पटक जानकारी गराउँदा पनि कोषले समस्याप्रति आवश्यक चासो नदिएको गुनासो गरेका छन् । उनीहरूले वर्षायामअघि नै डाँडा संरक्षण, बालुवा रोकथाम तथा उचित निकास व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>