देश/प्रदेश
आज मिति २०८३ साल साउन १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, साउन १४ –
वि.सं.२०८३ साल साउन १४ गते बिहिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः
मेषः
आज कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाईनेछ । रमाइलो यात्रा हुनसक्ने दिन रहेको छ । उद्योग, व्यापार व्यवसायबाट पनि फाइदै हुनेछ ।
वृषः
उपहार प्राप्तिको योग छ । धार्मिक यात्रा सफल हुनेछ । व्यापार व्यवसायबाट रामै आम्दानी हुनेछ । आज नजिकका साथीभाई टाढिए पनि टाढाका साथीभाईसँग सम्बन्ध गाँसिनेछ । दिगो आम्दानी हुने कार्य शुरु गर्न सकिनेछ ।
मिथुनः
स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ ।
कर्कटः
आज धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ ।
सिंहः
आज विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । श्रीवृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । भोजभतेरको निम्तो आएपनि नियमित कामकै चिन्ताले सताउन सक्नेछ । शैक्षिक तथा व्यापारिक क्षेत्रमा राम्रो पक्ष हुनेछ ।
कन्याः
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सन्तान तथा पारिवारीक सुख मिल्नेछ । कुनै पनि कुरामा नहतारिएकै उचित हुनेछ । झिनामसिना कुराबाट तर्किनु उचित हुनेछ । सोचेअनरुप काम सम्पन्न गर्न पाउँदा मन प्रसन्न रहनेछ ।
तुलाः
आज मन साह्रै चञ्चल हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउन सक्नेछ । आफन्त व्यक्तिले काम बिगारिदिने सम्भावना बलियो रहेको छ । चिताएको काम पूरा गर्न समय लाग्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।
बृश्चिकः
धैर्यताले कार्य सफल हुने दिन रहेको छ । साथिभाईबाट पूर्णसहयोग मिल्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मनोरञ्जनका लागि केहि समय र धन खर्च हुन सक्नेछ ।
धनुः
आर्थिक लाभको दिन रहेको छ । बोली बिक्ने समय छ । कुटुम्बबाट सहयोग मिल्नेछ । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्नेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम पनि उठ्नसक्ने समय देखिन्छ ।
मकरः
आज सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदि कार्यमा मनग्गे फाइदा हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ ।
कुम्भः
आज केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहने देखिन्छ । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्नेछन् । उठ्नुपर्ने रकम हात लागि नहुँदा आर्थिक अभावले सताउन सक्नेछ ।
मीनः
इष्टमित्रसंग भेटघाट हुनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादिकोे लाभहुने दिन रहेको छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्नेछ । ईष्र्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ ।


























