देश/प्रदेश
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
०

वीरगञ्ज (पर्सा), साउन १३ –
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय रामजन्मसिंह राजपुतलाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१८ बाट पक्राउ गरेको हो ।
राजपुतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो । राजपुत गत वैशाख ३१ गते वीरगञ्ज महानगरपालिका–२२ मनियारीका सुमनकुमार शर्मालाई कुटपिट गरेपछि फरार थिए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























