देश/प्रदेश

दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम

Banner

काठमाडौँ, साउन १३ –

आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिनमात्र खुल्ने दक्षिणामूर्तिको मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । दक्षिणालाई पशुपतिनाथका पनि गुरुका रूपमा पूजिने कथन छ ।

वर्षको एक दिन गुरुपूर्णिमाको दिनमात्र सर्वसाधारणको दर्शनका निम्ति यो मन्दिर खुला हुने गर्दछ । आजको दिन पशुपतिनाथका अर्चक (भट्ट) गुरुहरूसमेत यस मन्दिरमा आएर पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । यसैकारण आज बिहानैदेखि पशुपति क्षेत्रस्थित दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम लागेको पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

गुरुपूर्णिमाका दिन आज बिहानको नित्य पूजा आराधना सकेपछि पशुपतिनाथका चारै जना भट्ट आशा गुरुसहित बाजागाजा लिएर दक्षिणामूर्ति मन्दिर गई पूजाआजासहित दर्शन गर्नुहुने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>