Breaking News
आश्वासन होइन अब न्याय चाहिन्छ ‘ए सरकार कि त मारिदेउ, कि त खोला तारिदेऊ भन्दै सहकारीपीडितहरु पुन आन्दोलनमा

काठमाडौँ, साउन ११ –
बचत फिर्ताको माग गर्दै सहकारीपीडितले पुन काठमाडौँमा प्रदर्शन गरेका छन् ।
भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बचतकर्ताले सोमबार काठमाडौँमा र्याली साहितको प्रदर्शन गरेका हुन् ।
माइतीघरबाट सुरु भएको र्याली बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको छ्न । त्यहाँबाट उनीहरु पुच्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरण पुग्ने जनाएका छ्न । उनीहरुले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेर आन्दोलनमा उत्रिएका हुन्
उनीहरुले ‘सहकारीपीडित सदस्य बचतकर्तालाई न्याय देऊ’, ‘ ए सरकार कि त मारिदेउ, कि त खोला तारिदेऊ’, ‘निक्षेपको सावाँ र ब्याज फिर्ता देऊ’, ‘हाम्रो बचत फिर्ता गर्’, ‘लाइसेन्सवाला ठगी बन्द गर्’लगायत नारा लेखिएको प्ले–कार्ड बोकेका थिए ।
वर्तमान सरकारले बचत फिर्ताको नाममा साना–ठूला भनेर भेदभाव गरेको उनीहरुको गुनासो छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी



































