अर्थ

आजका लागि सुन प्रतितोला २ लाख ८७ हजार १०० तोकियो

Banner

काठमाडौँ, साउन १०-

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो दिन सुन तथा चाँदीको भाउ बढेको हो।

गत शुक्रबार प्रतिलाला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार ६०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला चार हजार ३५० रुपैयाँ रहेको चाँदी आज ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>