फोटो फिचर

मानवअधिकार आयोग गुहार्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी परिवारद्वारा अपिल

Banner

काठमाडौं, असार ३० –

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार आयोगका माननीय अध्यक्ष तप बहादुर मगरलाई उहाँको कार्यकक्षमा पुगेर मानवअधिकार संरक्षणसम्बन्धी अपिलपत्र बुझाएको छ। उक्त अवसरमा आयोगका अन्य माननीय सदस्यहरू तथा सदस्य–सचिवसमेत उपस्थित रहेका थिए।

अपिलपत्र बुझिसकेपछि अध्यक्ष तप बहादुर मगरले आयोगले पीडित परिवारहरूको विषयमा यसअघि पनि सरकारसमक्ष मानवअधिकार संरक्षणका लागि आवाज उठाउँदै आवश्यक पहल गर्दै आएको उल्लेख गर्दै, प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीले जानकारी दिनुभयो।

प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको वास्तविक अवस्था, राहत वितरणमा देखिएको विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानप्रदत्त आवास र मानवअधिकार संरक्षणका विषयमा आयोगको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अनुगमन, आवश्यक निर्देशन र भूस्वामित्वसहितको स्थायी पुनःस्थापनाका लागि पहल गरिदिन आग्रह गरेको छ।

तस्बिर :नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>