चितवन विशेष

चितवनका ११ सय किसानलाई ८४ लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान

Banner

चितवन, असार २३–
कृषि विकास कार्यालय चितवनले गुणस्तरीय धान तथा गहुँको उन्नत बीउ उत्पादन गर्ने करिब १ हजार एक सय किसानलाई प्रोत्साहनस्वरूप करिब ८४ लाख रुपैयाँ वितरण गरेको छ।
भरतपुर महानगरपालिका र माडी नगरपालिकाका करिब ८४० हेक्टर क्षेत्रफलमा उन्नत बीउ उत्पादन गरेका किसानलाई प्रति हेक्टर १० हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो। यस कार्यक्रमअन्तर्गत एक किसानले अधिकतम ४७ हजार रुपैयाँसम्म प्राप्त गरेका छन्।
प्रोत्साहन रकम वितरण गर्दै बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव सुधीर श्रेष्ठले किसानलाई गुणस्तरीय बीउ उत्पादनमा निरन्तर लाग्न आग्रह गर्दै यस कार्यक्रमले आगामी दिनमा बीउ उत्पादन क्षेत्र विस्तार हुनुका साथै अझ गुणस्तरीय बीउ उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।


कार्यक्रममा भरतपुर १४ र २१ का वडाका अध्यक्षहरू, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल, कृषि अधिकृत उमराज अर्याल, बाली विकास अधिकृत सरोज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कृषि विकास कार्यालय चितवनले किसानलाई उन्नत बीउ उत्पादनमा प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि, आत्मनिर्भरता र कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>