Breaking News
देशभरि असारको तेस्रो साता सम्म ३२ प्रतिशत मात्रै रोपाइँ
०

काठमाडौँ, २२ असारः
नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिया हुँदा देशभरि रोपाइँ प्रभावित भएको हो ।
विभागका अनुसार मुलुकभर हालसम्म कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २०८२ सालको असार २२ गतेसम्ममा नेपालभर ४५.० प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको तुलनामा यस वर्षको सोही अवधिसम्मको प्रगति करिब साढे १२ प्रतिशतले न्यून देखिएको हो ।
हालसम्म नेपालको कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती योग्य क्षेत्रफलमध्ये ४ लाख ४३ हजार ५ सय ९५ दशमलव शून्य ९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























