चितवन विशेष

भरतपुर कारागारमा पुस्तक तथा सेनेटरी प्याड सहयोग

Banner

चितवन, असार २२–

लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथले संयुक्त रुपमा जिल्ला कारागार भरतपुरमा ‘पुस्तक तथा सेनेटरी प्याड’ वितरण गरेको छ ।

‘गौरवका साथ सेवा’ भन्ने मूल नाराका कारागारभित्र रहेका कैदीबन्दीहरूको ज्ञान र स्वास्थ्यलाई ध्यानमा राखी पुस्तक तथा सेनेटरी प्याड वितरण गरिएको हो । लियो जिल्ला परिषद ३२५ आर नेपालका अध्यक्ष लियो लायन गौरव उपाध्यायको प्रमुख आतिथ्यतामा उक्त सामग्री वितरण गरिएको हो । कार्यक्रममा लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो संगम पोखरेल, क्लबका अन्य पदाधिकारीहरू र विभिन्न दाताहरूको समेत गरिमामय उपस्थिति रहेको थियो ।

कारागारमा रहेका बुवाआमा तथा दाजुभाइ दिदीबहिनीहरूको मानसिक विकास र सकारात्मक सोच निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न विधाका कुल ३१२ थान पुस्तकहरू कारागार प्रशासनलाई हस्तान्तरण गरिएको थियो । पुस्तकहरूसँगै महिला कैदीबन्दीहरूको स्वास्थ्य र स्वच्छतालाई मध्यनजर गर्दै १०० प्याकेट सेनेटरी प्याड समेत प्रदान गरिएको थियो । यसका साथै कारागार भित्रै खेलकुद र प्रशासनिक कार्यमा सहयोग पुगोस् भनी १ सेट र्‍याकेट र ए ४ साइजको पेपर समेत उपलब्ध गराइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>