Breaking News

महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर र प्रमोदको समर्थन विपिनलाई

Banner

चितवन, असार १२ –

महामन्त्रीका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदिश खरेल र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी नदिएको र दिएको पनि फिर्ता लिएको बताएका छन् ।

पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि उनीहरुले आचार्यलाई समर्थन गरेको उनीहरुको भनाइ छ ।

शुक्रबार चितवनमा बुर्लाकोटी, पराजुली, खनाल, खरेल र न्यौपानेले संयुक्त प्रेसमिट गर्दै महामन्त्रीमा आचार्यलाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका हुन् । ‘हामी सवै जनाले संस्थापक सवै साथी एक ठाउमा उभिएर एउटै म्यासेज दिनुपर्छ भनेर एउटै उम्मेदवार प्रस्तुत गरेका हौ’, गणेश पराजुलीले भने, ‘हामी सवैले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौ ।’

रास्वपाको महामन्त्री पदमा आचार्यसहित ८ जनाको उम्मेदवारी परेको छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>