खेलकुद

चीनमा विश्वकपको रौनकः अर्जेन्टिना, जर्मनी र स्पेनका जर्सीहरू रोजाइमा

Banner

एजेन्सी, असार १० –

प्रत्यक्ष उपस्थित भएर फिफा विश्वकप फुटवल प्रतियोगिता हेर्न नपाएका चिनिया समर्थकहरु व्यापारिक सामग्री किनमेलमा व्यस्त भएका छन् ।

विश्वकपका धेरैजसो सामग्रीहरू चीनमा उत्पादन गरिन्छ, त्यसैले खुद्रा डिलरहरू र अस्थायी रुपमा संचालनमा रहेका(पप–अप)स्टोरहरूले धेरैको ध्यान आकर्षित गरिरहेको छ ।

विश्वकप सुरु भएको पहिलो दिनमै बेइजिङमा, किनमेल गर्नेहरूको भीड देखिन्थ्यो । ‘म विश्वकपसँग सम्बन्धित केही रचनात्मक उत्पादनहरू किन्न चाहन्छु । यो एउटा यस्तो कार्यक्रम हो जुन हरेक चार वर्षमा मात्र हुन्छ । उत्पादित डिजाइन गरिएका सामग्रीहरु निकै राम्रा छन् । मस्कटहरू एकसाथ जोडिएका छन्, र मेरो झोलामा राम्रो देखिनेछ,’ एक ग्राहकले भने ।

प्रमुख ई–कमर्स प्लेटफर्महरूको तथ्यांकअनुसार, हालै विश्वकप सम्बन्धी अनलाइनमार्फत खोजी गर्नेहरु बढेसँगै खेलौना तथा सङ्कलनयोग्य सामग्रीको बिक्रीमा १५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

करिब ४० दिनसम्म खेलहरू जारी रहने भएकाले अनलाइन र अफलाइन दुवै बजारमा यो उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ ।

पसलमा समर्थकहरूले आफ्नो मनपर्ने खेलाडीको नाम र जर्सी नम्बर छापेर जर्सीलाई व्यक्तिगत रूपमा प्रयोग पनि गरिरहेका छन् ।

पसलमा सबैभन्दा धेरै बिक्री हुने जर्सीहरूमा अर्जेन्टिना, जर्मनी र स्पेनका जर्सीहरू छन् । विश्वकपको फाइनल खेल जुलाई १९ मा हुनेछ।(सीसीटीभीप्लस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>