खेलकुद
फिफा विश्वकपः पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित
०

काठमाडौं, अ-
फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्ध दुई गोल गरेका थिए ।
खेलको पहिलो हाफमा पोर्चुगलले उज्वेकिस्तानविरुद्ध ३—० को सहज अग्रता बनाएको थियो । दोस्रो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई र नुनो मेन्डेसले एक गोल गरे । खेलको सुरुवातदेखि नै दबाब बनाएको पोर्चुगलका लागि रोनाल्डोले छैटौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने १७ औं मिनेटमा नुनो मेन्डेसले दोस्रो गोल गरेका थिए । खेलको ३९ औं मिनेटमा रोनाल्डोले पुनः गोल गरेपछि पोर्चुगल बलियो स्थितिमा पुगेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























