खेलकुद
फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित
०

काठमाडौँ, असार १०-
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसियाले जित हात पारेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले पानामालाई १-० ले पराजित गरेको छ ।
दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका आन्ते बुडिमिरले गोल गर्दै अग्रता दिलाए । बुडिमिरले खेलको ५४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई १-० अग्रता बनाए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























