Breaking News
१९ दिनमा पनि प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको विपक्षीले पाएन जवाफ

काठमाडौं, असार ४-
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिनुभएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे ।
उनले भने,‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो उहाँले संसदमा आएर यसको विषयमा मंैले गल्ती गरे भन्नुभएको छैन । देशलाई हेप्नुभयो । तीन करोड नेपाली जनतालाई हेप्नुभयो । राष्ट्रविरुद्ध बोल्नुभयो । प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो । त्यसैले प्रधानमन्त्री संसदमा आएर यसविषयमा स्पष्ट पार्नुपर्छ ।’
त्यसैगरी, उनले कर छली गरेर भित्र्याइएका बीवाईडी गाडी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेका छन्।
उनले यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै सरकारको जवाफदेहितामा जोड दिएका छन् ।
‘प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाइलाई सच्याउन, प्रधानमन्त्रीको भनाई रेकर्डबाट हटाउन र कर छली गरेर भित्र्याइएका बीवाईडीका गाडीका सम्बन्धमा संसदीय छानबीन समिति बनाउन माग गर्छु ।’
























