प्रवास

२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी

Banner

काठमाडौं, जेठ २७ –

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स ९आईआरजीसी० ले अमेरिकाका २१ वटा हवाई तथा नौसैनिक सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी सेनाले इरानी लक्ष्यमा गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप चर्किएको छ ।

इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार आईआरजीसीले अमेरिकाको एफ–३५ लडाकु विमानका ह्याङ्गरहरूलाई समेत निशाना बनाएको दाबी गरेको छ । साथै, जोर्डनस्थित अल–अजराक अमेरिकी कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको र मुवाफक साल्ती हवाई अड्डामा पनि आक्रमण भएको उल्लेख गरिएको छ ।

त्यसैगरी, बहराइनमा रहेको अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालयमा ड्रोन आक्रमण गरिएको आईआरजीसीले जनाएको छ । उक्त आक्रमण दक्षिणी इरानमा अमेरिकी हमलाको प्रतिक्रियास्वरूप गरिएको दाबी गरिएको छ ।

यसैबीच, स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी सरकारी सञ्चारमाध्यमहरूले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरू पनि पुनः निशानामा परेको बताएका छन् । यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यसअघि अमेरिकी केन्द्रीय कमाण्डले हर्मुज जलडमरूमध्यमा अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनापछि इरानविरुद्ध ‘आत्मरक्षात्मक सैन्य कारबाही’ सुरु गरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी आक्रमणबाट अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको दाबी गर्दै अमेरिकाले आवश्यक जवाफ दिने बताएका थिए । हेलिकोप्टरमा रहेका दुवै चालक भने सकुशल रहेको जनाइएको छ ।

उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई फारसी खाडी क्षेत्रबाट बाहिरिन चेतावनी दिँदै इरानमाथिको कुनै पनि आक्रमण वा धम्कीको कडा प्रतिकार गरिने बताएका छन् । उनले इरानका सशस्त्र बल कुनै पनि चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन् ।

इरान र अमेरिकाबीचको प्रत्यक्ष सैन्य तनाव बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ । इजरायल–इरान द्वन्द्वसँगै विकसित पछिल्ला घटनाक्रमले सम्पूर्ण क्षेत्रलाई नयाँ सुरक्षा संकटतर्फ धकेल्ने चिन्ता बढेको विश्लेषकहरूले बताएका छन् । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>