Breaking News

रास्वपा चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित

Banner

चितवन, जेठ २५–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित हुनु भएको छ ।

आइतबार भएको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले पराजित गर्दै युवा नेता खनाल सभापतिमा निर्वाचित हुनु भएको हो । खनालले २२२ मत प्राप्त गर्नुभयो भने उनको प्रतिद्धन्द्धी कृष्णप्रसाद भुषालले १११ र प्रकाश आचार्यले २२ मत मात्रै प्राप्त गर्नुभयो । सभापतिमा पराजित भुषाल रास्वपा चितवनका बहालवाला सभापति हुनुहुन्थ्यो ।

यस्तै उपसभापतिमा निर्मला गिरी निर्वाचित हुनु भएको छ । गिरीले १९० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धीहरु टिकादत्त इटनीले ८४ र प्रभाकर जोशीले ७३ मत प्राप्त गर्नुभयो । यसैगरि सचिवमा तेजेन्द्र प्रसाद पौडेल निर्वाचित हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेत्रप्रसाद लामिछानेले १४५ मत प्राप्त गर्नुभयो ।

यसैगरि सह–सचिवमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै युवा नेता कुशल पाठक निर्वाचित हुनु भएको छ । पाठकले १८७ मत ल्याउँदा प्रतिस्पर्धी पार्वती पाण्डे ६९, बेदप्रसाद आचार्य ५४ र चुमबहादुर जिसीले ३७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>