स्वास्थ्य
गर्मीमा देखापर्ने माउसुली भगाउने घरेलु उपाय

काठमाडौँ, जेठ १९-
गर्मीको आगमनसँगै माउसुली घरको हरेक कुनामा देखा पर्न थाल्छन् । माउसुलीहरू बढी प्रकाश भएको, ओसिलो र साना कीराहरू भएको क्षेत्रमा आउने सम्भावना बढी हुन्छ। गर्मीको समयमा घरभित्र आउने कीरा, अझ विशेषगरी बत्तीमा झुम्मिन आउने पुतली तथा अन्य कीरा खानका लागि माउसुली निकै सक्रिय हुने गर्छ ।
यी कारणले पनि माउसुलीलाई हटाउनु आवश्यक छ । यसलाई हटाउन विभिन्न तरिकाहरू अपनाउन सकिन्छ ।
फिटकीरीको धुलो
यो एक सहज घरेलु उपाय हो । हो जुन धेरै मानिसहरूले माउसुलीलाई टाढा राख्न प्रयोग गर्छन् । कुनै पातलो कपडामा फिटकिरीको धुलो हालेर स(साना पोका बनाउने । यसलाई धागोमा झुण्ड्याउने । माउसुली धेरै आउने ठाउँहरू झ्याल, ढोका, कोठाकझ कुना तथा बत्तीनजिकैतिर झुण्ड्याउने । यसको गन्धले माउसुली टाढा भाग्छ ।
अण्डाको बोक्रा झुण्ड्याउने
सियो र धागो प्रयोग गरी अण्डाको बोक्राको माला बनाउने । यसलाई पनि माउसुली धेरै आउने ठाउँमा झुण्ड्याउने । यो देख्नेबित्तिकै माउसुली देख्ने भाग्छ ।
प्याज र लसुनको प्रयोग
प्याज र लसुनको गन्धले पनि माउसुलीलाई भगाउँछ। यसमा पनि सियो, धागोकै आवश्यकता पर्छ । सियो र धागो प्रयोग गरेर लसुन तथा प्याकका टुक्रालाई उन्ने । यसलाई माउसुली धेरै हिँड्ने तथा देखापर्ने ठाउँहरूमा राख्ने । यसको गन्धले पनि माउसुली टाढा जान्छ ।

























