चितवन विशेष

बुटवल उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवन उद्योग वाणिज्य संघमा स्वागत

Banner

भरतपर,जेठ १२-

चितवन उद्योग वाणिज्य संघले बुटवल उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालको नेतृत्वमा आएको टोलीलाई चितवन उद्योग वाणिज्य संघले स्वागत गरेको हो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले यस्ता कार्यक्रमले व्यवसायिक सम्बन्धसँगै संस्थागत एकतालाई थप मजबुत बनाउने बताउनुभयो । संघको गतिविधिबारे जानकारी दिँदै उहाँले दुवै क्षेत्रका उद्योगी व्यवसायीका साझा समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय र पहल गर्न यस्ता भेटघाट उपयोगी हुने उल्लेख गर्नुभयो । त्यसैगरी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले चितवन उद्योग वाणिज्य संघको आतिथ्यता तथा कार्यप्रगतिप्रति प्रशंसा व्यक्त गर्दै व्यवसायिक ऐक्यबद्धताका लागि दुवै संघ सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य सुमनकुमार श्रेष्ठले उद्योगी व्यवसायीका समस्या समाधानका लागि आर्थिक नीति, राजश्व नीति तथा कर प्रणालीलाई व्यवसायमैत्री बनाउन चितवन र बुटवल उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा पदाधिकारी तथा उद्योगी व्यवसायी गरी १९ जनाको टोली भ्रमणमा सहभागी रहेको थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, राजन पिया, कार्यसमिति सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक निलबहादुर केसीले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>