चितवन विशेष
भरतपुर ९ मा घरमै पार्किङ राखेको कार र चार स्कुटरमा आगजनी गर्ने पक्राउ

भरतपुर,जेठ ११ –
चितवनको भरतपुरमा घर अगाडि पार्किङ गरेर राखेको कार र चार स्कुटरमा आगजनी गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका ९ शरदपुर दुर्गाटोल स्थित तिल प्रसाद अधिकारीको घर अगाडि आइतबार बिहान अज्ञात व्याक्तिबाट पार्किङमा राखेको बा १२ च ७२७८ नम्वरको कार,ना ३७ प ३९०६ नम्वरको स्कुटर,बा.प्र.०६ ००७ प ४५९७ नम्वरको स्कुटर,बागमती प्रदेश ०६ ००३ ०३३८ नम्वरको इभी स्कुटर र ना २८ प ८४५४ नम्वरको होण्डा स्कुटर र परालमा समेत आगजनी भएको थियो ।
आगजनी गरेर फरार मकवानपुर चित्लाङ गाउँपालिका ९ घर भई हाल भरतपुर २ बस्ने ३२ वर्षिय सन्तोष बिश्वकर्मालाई आइतबार दिउसो १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी दिपक प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वकर्मालाई अपराधिक अपद्रव कसूरमा चितवन अदालतबाट ६ दिनको म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको छ ।

























