अर्थ
नेपाली बजारमा सुनको मूल्य २ लाख ९२ हजार ८ सय पुग्यो
०

काठमाडौँ, जेठ ११-
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको हो ।
आज सुनको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४० रुपैयाँले बढेर पाँच हजार एक सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























