चितवन विशेष
नारायणगढको स्टडी इनमा जेठ ८ गते एजुकेशन फेयर हुँदै,कक्षा १२ दिएर बसेका विद्यार्थीलाई बिशेष अफर

चितवन, जेठ २५-
स्टडी इनले आगामी जेठ ८ गते चितवनमा एजुकेशन फेयर आयोजना गर्ने भएको छ। फेयर नारायणगढको लायन्सचोकस्थित केएल मलमा रहेको स्टडी इनको शाखा कार्यालयमा सञ्चालन हुने शाखा प्रमुख सुयोग पौडेलले जानकारी दिनुभयो । फेयरमा युके,अष्ट्रेलिया,युएई लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न देशका ६० वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्।
फेयरमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले विदेशी शैक्षिक संस्थाका प्रतिनिधिबाट अध्ययन, भिसा प्रक्रिया, छात्रवृत्ति तथा अन्य आवश्यक विषयमा प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
स्टडी इन मार्फत युके,अष्ट्रेलिया, अमेरिका, क्यानडा, आयरल्याण्ड लगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले पनि परामर्श सेवा लिन सक्नेछन्। साथै संस्थाले आइएलटिएस र पिटिइको निःशुल्क कक्षा सञ्चालन गर्दै आएको जनाएको छ। आयोजकका अनुसार चितवन बाहिर रहेका विद्यार्थीहरूले समेत भर्चुअल माध्यमबाट फेयरमा सहभागी भएर आवश्यक जानकारी लिन सक्नेछन्।
























