Breaking News

वैशाख १८ देखि काठमाडौंभरका सुकुम्वासी बस्ती एकैपटक खाली गरिने

Banner

काठमाडौं १६-
सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने भएको छ । यसअघि, थापाथली, मनोहरा तथा गैरिगाउँका सुकुम्वासी बस्ती खाली गराएको सरकारले अब काठमाडौंका बाँकी क्षेत्रका बस्ती पनि खाली गराउने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागेको जनाएको छ । ूकाठमाडौं जिल्लाभित्रका विभिन्न पालिकाहरूका नदीकिनाराका बस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वामा जग्गासमेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका बस्तीहरू मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमसमेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्लाभरि मिति २०८३ वैशाख १८ गते बिहान ७स्०० बजेदेखि एकैपटक विभिन्न स्थानहरूबाट सुरु हुनेछ,’ सूचनामा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>