प्रवास
अमेरिकाको मिनेसोटामा ‘चिया टक’ले मनायो ‘नेपाली संस्कृति’
०

अमेरिका, वैशाख ७–
नेपाली विद्यार्थी संघ (NSA.sctcc)ले सेन्ट क्लाउड टेक्निकल एण्ड कम्युनिटी कलेजमा “चिया टक” नामक नेपाली सांस्कृतिक प्रदर्शनी तथा चिया अनुभव कार्यक्रम गरेको छ ।
यस कार्यक्रममा विद्यार्थीहरूलाई परम्परागत नेपाली चिया, खाजा, तथा सांस्कृतिक सामग्रीहरू परिचय गराइएको थियो । सहभागीहरूले संवाद र साझा अनुभवमार्फत नेपाली संस्कृति बारे जान्ने अवसर पाएको आयोजक संस्थाका मन्दिप कँडेलले जानकारी दिए ।
‘चिया टक’ले सांस्कृतिक आदानप्रदानका लागि स्वागतयोग्य वातावरण सिर्जना गरेको थियो । जसले गर्दा विद्यार्थीहरूलाई एकआपसमा जोडिन र विविधता मनाउन सहयोग समेत पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























