खैरहनी

खैरहनीमा सबैलाई उछिन्दै दृष्टिबिहीन बाबु आमाका छोराले ल्याए ४ जीपीए

Banner

चितवन, वैशाख ४–

चितवनको खैरहनी नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयबाट परीक्षा दिएका विश्वास भण्डारीले ४ जीपीए अंक ल्याउन सफल भएका छन् ।

संस्थागत विद्यालयलाई समेत पछि पार्दै माध्यमिक विद्यालय गवैबाट विश्वासले ४ जीपीए अंक ल्याएका हुन् ।

उनी नगरस्तरीय परीक्षामा ४ जीपीए अंक ल्याउने एक्लो विद्यालय रहेको नगर शिक्षा शाखाले जनाएको छ । विश्वास दृष्टिविहीन बुबा आमाका छोरा हुन् । बुबा आमाले आँखा नदेखेपनि छोराले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

छोराको नतिजाबाट बुबा आमा खुशी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>