चितवन विशेष
लायन्स क्लव चितवन प्रोफेशनलको अध्यक्षमा सनराइज
०

चितवन, चैत २६–
लायन्स क्लब अफ चितवन प्रोफेसनलको अध्यक्षमा सनराइज अधिकारी चयन भएका छन् ।
क्लवको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट अधिकारीको नेतृत्वमा सन् २०२६–२७ को कार्यसमिति चयन गरिएको हो । क्लवको प्रथम उपाध्यक्षमा दिपक शर्मा पौडेल, द्वितीय उपाध्यक्षमा मोहन गिरी, सचिवमा सूर्य दाहाल, सह–सचिवमा लोकनाथ शर्मा, कोषाध्यक्षमा दीपक सापकोटा र सह–कोषाध्यक्षमा कृष्ण बहादुर कार्की चयन भएका छन्।
लायन्स डिष्ट्रिक्ट ३२५ आर नेपालका डिष्ट्रिक्ट क्लस्टर चिफ राजु पियाको प्रमुख आतिथ्यता तथा क्लवका वर्ष २०२५–२६ का अध्यक्ष रोशन थापाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।
कार्यक्रममा जोन ३४ का जोन चियरपर्सन ओमकार सिग्देल, क्लबका निवर्तमान अध्यक्ष एवं डिस्ट्रीक चेयरपर्सन निसेश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























