राजनीति
नेम्वाङले उम्मेदवारी नदिएपछि दलको नेता बने बादल
०

काठमाडौँ, चैत १८-
नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन्।
एमाले निर्वाचन कमिटीले बादल निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। संसदीय दलको नेताका लागि एक जनाको मात्रै उम्मेदवारी परेपछि बादल निर्विरोध निर्वाचित भएको एमाले सांसद सोम पोर्तेले बताए।
एमाले संसदीय दलको बैठकमा बादललाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको थियो। तर, सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए।
संसदीय दलको बैठकमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको थियो। एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटी चुनावी प्रक्रिया सुरु गरेको थियो।
तर, अन्तिममा आएर सुहाङले उम्मेदवारी दिएनन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























