राजनीति
माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको पेसी कहिले पर्ला ?
०

काठमाडौं, चैत १६-
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि चढ्ने भएको छ । विशेष अदालतस्रोतका अनुसार सबै बहसकर्तासँग २७ गतेभित्र बहसनोट पेश गर्न आदेश भएका कारण त्यसपछि पेसी चढ्ने भएको हो ।
विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट पेश गर्न आदेश दिएको हो । नेपालका तर्फबाट मुद्दाको पैरवी गरिरहेका अधिवक्ता डेकेन्द्रप्रसाद सुवेदीले पनि चैतको अन्तिम वा वैशाखको पहिलो साता पेसी चढ्ने सम्भावना रहेको बताए
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























