राजनीति

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

Banner

काठमाडौं,चैत १६ –

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदैछ ।

उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ । ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुनेछ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ ।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट पेस गरेकी थिइन् । त्यस्तै, लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले रिट निवेदन पेस गरेकी हुन् ।
उनीहरू दुवैलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । न्युज बैंक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>