राजनीति
ओली पक्राउको विरोधमा एमालेले आज ७७ वटै जिल्लाबाट सरकारलाई विरोधपत्र पठाउने
०

काठमाडौं,चैत १५-
शनिबार बसेको सचिवालय बैठकको निर्णयअनुसार एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र पठाउने भएको हो ।
नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा आज सरकारलाई विरोधपत्र पठाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ओलीको गिरफ्तारी गैरकानूनी भएको पार्टीको निष्कर्ष निकालेको थियो ।
ओलीको गिरफ्तारीले संविधान, मानव अधिकार र लोकतन्त्रको हनन भएको एमालेको ठहर छ ।
ओली र लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























