राजनीति
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
०

पाटन (ललितपुर), चैत १४-
नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘ससदीय सचेतना कार्यक्रम’ आयोजना गरेको छ । आज पार्टी कार्यालय सानेपामा सुरु कार्यक्रममा सांसद्हरुलाई संसदीय अभ्यासलगायतका विषयमा अभिमुखीकरण दिइनेछ ।
कार्यतालिका अनुसार पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिनुहुने तालिका रहेको मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























