राजनीति
राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा

काठमाडौँ, चैत १४-
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनाक्रमलाई राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने बताउनुभएको छ ।
यस घटनालाई ‘गलत’ र ‘निन्दनीय’ भन्दै पार्टीले यसमा विमर्श गरेर थप कदम चाल्ने जानकारी दिनुभएको हो । विश्वकर्माले पार्टीको आधिकारिक धारणा बैठकपछि मात्रै थप स्पष्ट हुने बताउनु भयो । विश्वकर्माकाअनुसार पार्टीको तर्फबाट यस विषयमा प्रारम्भिक धारणा सार्वजनिक भइसकेको छ । उहाँले विषय अगाडि बढिसकेकाले आन्तरिक छलफल पछि मात्रै थप कुराहरू बाहिर ल्याइने बताउनु भयो ।
बैठकबाट छलफल भइसकेपछि पार्टीले समग्रतामा आफ्नो आधिकारिक धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्ने उनले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीलाई शनिवार बिहान गुण्डुस्थित निवासबाट ज्यान सम्बन्धी कसुरको मुद्दामा सरकारले पक्राउ गरेको छ । –न्युज एजेन्सी नेपाल
























