राजनीति
एमालेको आकस्मिक सचिवालय बैठक च्यासलमा जारी
०

काठमाडौं,चैत १४-
नेकपा (एमाले)को आकस्मिक सचिवालयको बैठक जारी छ । बैठक भर्खरै पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको थियो । बैठक सुरु भए पनि केही नेताहरू आउने क्रम भने जारी नै छ । ओली गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेका हुन् ।
एमालेका अधिकांश नेताहरूले ओलीको पक्राउ प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन् । अब भने सचिवालय बैठकले पक्राउबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























