राजनीति

ओली पक्राउको विरोधमा सडकमा उत्रियो एमाले

Banner

काठमाडौं,चैत १४-

नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्‍याली निकाल्न सुरु गरेको छ ।

यति बेला (शनिबार बिहान साढे ९ बजे) काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ ।

१०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् । शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>