राजनीति

गोकुल बास्कोटाको टिप्पणी-पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन

Banner

काठमाडौं,चैत १४-

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २४ घण्टा नबित्दै विकसित राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमा लेख्दै उनले नेपाली समाज प्रतिशोधको राजनीति नरुचाउने बताएका छन् । उनले पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले नरुचाउने जिकिर गरेका हुन् ।

उनले लेखेका छन्, ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौँ होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन ।पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै होइन । जसलाई जे सुकै लागोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>