राजनीति
पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भनेः राजनीतिक र कानुनी लडाइँ तयार छु

काठमाडौं,चैत १४-
पूर्वगृहमन्त्री रमेश लेखकले राजनीतिक प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै त्यसको राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार विहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्। उनले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरेको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।’ मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए। ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ उनले भने।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । तर गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।
























