राजनीति
बालेनलाई विद्याको बधाई
०

काठमाडौं, चैत १३-
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन् । सामाजिक सञ्जालमा सन्देशमार्फत् भण्डारीले लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय एकताको सुदृढीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयनमा शाह नेतृत्वको सरकार सफल रहोस् भन्ने कामना पनि व्यक्त गरिन् ।
उनले लेखेकी छन्, ‘मुलुकमा सुशासन, पारदर्शिता तथा जबाफदेहिताको स्थापना गर्दै आर्थिक समृद्धितर्फ महत्वपूर्ण प्रगति हासिल हुने अपेक्षा गरिएको वर्तमान सन्दर्भमा रास्वपाप्रति जनताले दर्शाएको समर्थन आफैँमा ठूलो जिम्मेवारी पनि हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























