राजनीति
सुशीला कार्कीको ठट्टा- तिमीहरूको आमा चेन्ज भो, अब नयाँ बनाउनू
०

काठमाडौं, चैत १३-
नयाँ प्रधानमन्त्रीमा बालेन्द्र साह नियुक्त भएसँगै निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालेनसँग अंकमाल गर्दै आत्मीयता दर्शाइन् ।
शपथ ग्रहण समारोहपछि कार्कीलाई केही सञ्चारकर्मीले पछ्याए । उनीहरूको प्रश्नमा कार्की ठट्यौलोरुपमा पेश भइन् ।
सञ्चारकर्मीले सोधेका थिए, ‘आमजनतालाई के भन्नुहुन्छ ?’ कार्कीले भनिन्, ‘आमजनतालाई ‘? अब नयाँ सरकार आयो नयाँ आमा बनाऊ भन्छु, हा‘हा‘हा‘’
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहलाई के भन्नु हुन्छ भन्ने प्रश्नमा पनि कार्कीले गम्भीर जवाफ दिइनन् । उनले भनिन्, ‘मैले भन्याभन्यै छु, घरकै छोरो जस्तो छ, तपाईंहरुलाई किन सुनाउने के भन्छु भनेर ।’
फेरि सोधियो, तपाईँले जेठो छोरो भन्ने गर्नुभएको सुदन गुरुङलाई केही भन्नुहुन्छ कि ? कार्कीले भनिन्, ‘राम्रोसित काम गर बाबु भन्छु । अरू के भन्नु ? हाहाहा ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























