राजनीति
बालेन शाहलाई बधाइ दिदैँ महेश बस्नेतले भने- अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला

काठमाडौं,चैत १३ –
नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारको सकारात्मक निर्णय र पहलमा साथ रहने बताएका छन्।
शाह नेतृत्वको नवगठित सरकारलाई सामाजिक सञ्जाल मार्फत बधाई दिँदै उनले भनेका छन्, ‘नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो ।’
उनले सामाजिक सञ्जालमा लेखेका छन्:
नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो । त्यसैले देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईहरुको काधमा छ ।
अबसर सँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् । अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला ।
स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पुरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ ।
जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढतासाथ सन्तुलन कायम गर्दै , सत्ता अवसर हैन उत्तरदायित्व हो भन्ने मनन गरेर अगाडि बढ्नुहोला ।
अनुभव र ऊर्जा मिलाएर सबै पक्ष सँग सहकार्य गर्दै अघि बढे मात्र जनताको भरोसा अझ बलियो हुन्छ।
सकरात्मक निर्णय र पहलको निमित्त साबधानी सहित साथ र सहयोगी भुमिकामा हुनेछौं , हार्दिक शुभकामना।
























